कास्कीमा ५२ सहित गण्डकीमा थपिए ९७ संक्रमित

समाधान संवाददाता २०७७ कार्तिक १८ गते १५:५६

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा ९७ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका ७ जिल्लामा ९७ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

Advertisement

थपिनेमध्ये कास्कीका ५२ संक्रमित छन् ।

तनहुँमा २१, बागलुङमा १३, मुस्ताङ, स्याङ्जा, नवलपरासीमा ३÷३ संक्रमित थपिँदा लमजुङमा २ जना थपिएका छन् ।

Advertisement

गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ९ सय ६० पुगेको छ ।

तीमध्ये ४ हजार २ सय २१ जना निको भएका छन् भने ८१ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया