लोकबहादुरको नेतृत्वमा क्व्होलासोथर ६ मा युवा संघ

पोखरा, १८ कात्तिक
राष्ट्रिय युवा संघ नेपालको क्व्होलासोथार गाउँपालिका वडा नम्बर ६ को कमिटी गठन भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) क्व्होलासोथार गाउँकमिटीले युवा संघ कमिटी घोषणा गरेको हो ।
लोकबहादुर गुरुङको अध्यक्षतामा गठित युवा संघ वडा कमिटी ३७ सदस्यीय छ । कमिटीको सचिव चन्द्रप्रसाद गुरुङ छन् । सदस्यहरुमा ईश्वर गुरुङ, युवराज गुरुङ, लोकराज गुरुङ, राजन गुरुङ, मणिराम नेपाली (ज्योति), तिलक गुरुङ, निसान गुरुङ, ननिता गुरुङ, विपन गुरुङ, एलिना गुरुङ, भारती गुरुङ, पवित्रा गुरुङ, प्रिया गुरुङ, कृपा गुरुङ, लोकदेवी गुरुङ, सुवास गुरुङ, यमकुमारी गुरुङ, अस्मिता गुरुङ, सुरज गुरुङ, पवन गुरुङ, विवेक गुरुङ, भीमबहादुर गुरुङ, चन्द्रमणि घर्ती, गमबहादुर विक, सागर गुरुङ, दिवस गुरुङ, समीर गुरुङ, सोनाम गुरुङ, लालप्रसाद गुरुङ, राजबहादुर गुरुङ, सयचन गुरुङ, टेकमाया गुरुङ, कीर्तमान नेपाली, ओमित विक र बलबहादुर विक छन् ।
चन्द्रप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा लमजुङ जिल्ला कमिटी सदस्य तथा क्व्होलासोथर गाउँकमिटीका सचिव एवं कार्यक्रमका प्रमुख सूर्यप्रसाद गुरुङ र वडाध्यक्ष मनलाल गुरुङले युवा संघ वडा कमिटीका पदाधिकारी र सदस्यहरुलाई टीका लगाई बधाई ज्ञापन गरेका थिए ।
त्यस अवसरमा प्रमुख अथिति सूर्यप्रसाद गुरुङले बदलिँदो परिस्थितिमा युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।








अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा
समानुपातिकको प्रतिशत निर्धारण गर्न समिति गठन, ३ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन
जब विद्यार्थीले प्रदर्शनी केन्द्रमै गुन्द्री बुने
पोखरामा ‘अन्डरग्राउन्ड पार्किङ’ नै अन्डरग्राउन्ड !
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया