१८ हजार किलो आलुको बीउ बाँड्दै अन्नपूर्ण गाउँपालिका

समाधान संवाददाता २०७७ कार्तिक १९ गते ६:४३

गण्डकी, रासस

कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थानीयवासीलाई उत्पादनसँग जोड्ने लक्ष्यका साथ ११ वटै वडामा एकसाथ १८ हजार किलोग्राम आलुको बीउ वितरण शुरु गरेको छ ।

सर्वसाधारणलाई उत्पादनतर्फ जोड्दै उनीहरूलाई आत्मनिर्भर बनाउने सोचका साथ ४० प्रतिशत गाउँपालिकाको अनुदान सहयोग एवं ६० प्रतिशत कृषकको सहभागितामा आलुको बीउ वितरण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए ।

Advertisement

बीउ वितरणका लागि काभ्रेबाट १८ हजार किलोग्राम एमएस ४२ जातको आलुको बीउ खरिद गरेको गाउँपालिकाले वडा नं १ देखि आलुको बीउ वितरण शुरु गरेको र सबै वडामा वितरण कार्य भइरहेको उनले बताए ।

गाउँपालिकाले अघिल्लो वर्ष १२ हजार किलोग्राम आलुको बीउ वितरण गरेकामा राम्रो उत्पादन भएसँगै स्थानीवासी आलु खेतीतर्फ आकर्षित बनेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया