टान पोखरामा सुशील निर्विरोध, अधिवेशन आज

समाधान संवाददाता २०७७ कार्तिक १९ गते ७:१०

समाधान संवाददाता, पोखरा

ट्रेकिङ एजेन्सिज् एसोसिएन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ, पोखराको अध्यक्षमा सुशील पौडेल निर्विरोध भएका छन् ।

टान पोखराको बुधबार हुने १६ औं अधिवेशन तथा २७ औं साधारणसभाका लागि मनोनयन दर्ता आह्वान गरिएकोमा पौडेलको मात्र मनोयन परेपछि उनी निर्विरोध भएका हुन् ।

Advertisement

प्रथम उपाध्यक्षमा २ जनाको उम्मेदवारी परेको टान पोखराका अध्यक्ष हरि भुजेलले बताए ।

प्रथम उपाध्यक्षका लागि जीवनराज सापकोटा र धर्मराज पन्थीले प्रतिस्पर्धा गर्ने छन् । द्वितीय उपाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ ।

Advertisement

भुजेलका अनुसार सो पदमा कृष्ण आचार्य, उदय सुवेदी र दिवश लामिछानेलेमनोयन दर्ता गराएका छन् । सचिवमा भने मिलन तिवारी निर्विरोध भएका छन् ।

सहसचिवमा विश्वहाङ राई र रेशम अधिकारीले मनोनय दर्ता गराएका छन् । कोषाध्यक्षमा किसमकुमारी गुरुङ र ढाकाराम अधिकारीले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

टानको ६ कार्य समिति सदस्यका लागि ११ जनाले उम्मेदवारी दिएका छन् ।

अनील थापा, अमृत तिवारी, कालीबहादुर नेम्बाङ, चन्द्रबहादुर भुजेल, विकास गुरुङ, मोहन सुवेदी, जुना अधिकारी, लक्ष्मी कोइराला, गोपाल संग्रौला र सौरभ श्रेष्ठले सदस्यका लागि उम्मेदवारी दिएका हुन् ।

टान पोखराको १६ औं अधिवेशन तथा २७ औं साधारणसभाबुधबार पोखरामा हुँदैछ ।

गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गर्ने सभामा सचिव र कोषाध्यक्षका प्रतिवेदनबारे छलफल गरिने अध्यक्ष हरि भुजेलले बताए ।

‘कोभिड १९को कारण स्वास्थ्य सतर्कता अपनाएरभौतिक दूरी कायम कार्यक्रम गर्छौं,’ अध्यक्ष भुजेलले भने, ‘संस्थागत विकास तथा व्यवसायीका हकहितलाई केन्द्रित गरी अधिवेशन गर्ने योजना बनाएका छौं ।’

तपाईको प्रतिक्रिया