गण्डकी प्रदेशका युनिट भ्रमणमा सशस्त्रका आइजिपी

समाधान संवाददाता, पोखरा
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गण्डकी प्रदेशका विभिन्न इकाइहरुको निरीक्षण गर्नुका साथै कोरोना संक्रमित कर्मचारीलाई समेत भेटेका छन् ।
महानिरीक्षक खनालले नम्बर ४ मुक्तिनाथ बाहिनी पोखरा, नम्बर २३ मनकामना गण तनहुँ, नम्बर २४ कालिका गण पोखरा, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय पोखरा तथा गोरखा गुल्म समेतको निरीक्षणको क्रममा उच्च अनुशासन र इमान्दारिताका साथ राज्यले दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिए ।
संगठनको आदेश र निर्देशनको पूर्ण पालना गर्न तथा एक व्यक्तिको बदमासीका कारण सिंगो संगठनको बद्नाम हुने कार्य नगर्न समेत निर्देशन दिए ।
सशस्त्र प्रहरी कर्मचारीको सन्ततिको गुणस्तरीय शिक्षाका लागि प्रादेशिकस्तरमा विद्यालय हरुको स्थापना र कर्मचारीको स्वास्थ्य उपचारका लागि अस्पतालको समेत स्थापना गर्दै लगिएको उनले बताए ।
उनले कार्यक्षेत्रमा उच्च मनोबल र अविचलित रही कार्य गर्न समेत निर्देशन दिए ।
निरीक्षणका क्रममा उनले कोरोना संक्रमित कर्मचारीलाईसमेत भेटेर नआत्तिन र आफ्ना कर्मचारीको स्वास्थ्य उपचारका लागि संगठनले सक्दो कार्य गर्ने समेत प्रतिबद्धता जनाए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया