कालको पदमा परेर फर्केका सूर्य

समाधान संवाददाता २०७७ कार्तिक १९ गते ६:००

माधव शर्मा

आयो तप्प टिप्यो लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो,
इन्द्रै बिन्त्ति गरुन झुकेर पदमा त्यो बिन्त्ति मान्दैन त्यो

कवि शिरोमणि लेखनाथ पौड्यालले रचना गरेको काल महिमाको यो यथार्थ अत्यन्त शालीन व्यक्तित्व कुशल व्यवसायी, सहृदयी समाजसेवी एवं राजनीतिकर्मी गरी बहुआयामिक व्यक्तित्वका धनी सूर्यबहादुर (सीताराम) केसीको सम्बन्धमा पनि चरितार्थ भयो ।

Advertisement

म सारै गरुंगो मन र अन्यमनस्क स्थितिमा स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त सबै परिवारजनहरुमा समवेदना प्रकट गर्दछु ।

मानिसले भन्छन् होला जन्मेपछि मृत्यु त असम्भव छ नै । अनि यस्तो शासनसम्मका बारेमा पनि किन चर्चा गरेको होला । यसलाई पाखण्ड पनि भन्न सक्छन् । हो सबैलाई थाहा छ मर्ने रहर कसैलाई हुँदैन तर मान्छे नमरेको कुनै सहर हुँदैन ।

Advertisement

यो सानो समवेदना अर्पित गर्ने लेखमा स्वर्गीय केसीका बारेमा सम्पूर्ण पाटो उजागर गर्न सम्भव छैन । र म त्यसतर्फ अहिले जान पनि चाहन्न ।

पोखरामा जन्मेर देश विदेशमा समेत एउटा सफल व्यवसायी समाजसेवी र राजनीतिमा सँगसँगै अगाडि बढ्न सफल केसीको व्यक्तित्व वास्तवमै एक प्रकारको चमत्कारिक नै रह्यो ।

मलाई पुरानो एउटा कुरा सधैं स्मरण हुन्छ । जब पहिलो पटक तत्कालीन पोखरा नगर पञ्चायतमा प्रधानपञ्चमा विजयी भएर उहाँले आफ्नो राजनीतिक जीवनमा प्रवेश गर्नु भयो ।

एउटा विशुद्ध व्यापार, व्यवसाय, निर्माण कार्य गरेर आफ्नो जीवनयापन गरिरहेको व्यक्तिलाई पोखरा नगर पञ्चायतमा उहाँभन्दा पहिला प्रधानपञ्च रहनुभएका उत्तम पुनले अनाहकमा दुख दिनुभएछ ।

त्यहि पेचले उहाँ एक्कासि उत्तम पुनकै मेचमा बस्ने, राजनीतिमा लाग्ने एकाएक निर्णय गर्नुभयो । र सफल पनि बन्नु भएर राजनीतिक यात्रा आरम्भ गर्नुका साथै अनुपम उदाहरण हुनुभयो ।

मलाई राम्रोसँग अहिले पनि पूरै याद छ । प्रधानपञ्च निर्वाचित भएको एक साता पनि नबित्दै राजा वीरेन्द्रको जन्मोत्सव मनाउने एउटा कार्यक्रममा उहाँ प्रमुख अतिथि हुनुहुन्थ्यो ।

हामी केही पत्रकार पनि त्यसमा दिवा भोजनसहित आमन्त्रणमा थियौं । राजा वीरेन्द्रप्रति जन्मदिनका अवसरमा शुभकामना दिनका लागि मञ्चमा उभिनु भएको उहाँलाई शुभकामना अर्पण गरेर छोटो भाषण गर्न पनि हम्मेहम्मे परेको थियो ।

शुभकामनाका एक÷एक शब्द अड्किने गरेर उहाँको बेहाल भएको थियो । तर पछि उही मान्छे उस्ते परे ४/५ घन्टा राजनीतिको भाषण पट्यार नलागिकन श्रोतामाझ मञ्चमा उभिएर सुनाउने हैसियत राख्नु हुन्थ्यो । आश्चर्य लाग्दथ्यो मलाई ।

त्यहाँ अस्पतालमा उहाँले त्यसैबेला पनि भन्नु भाथ्यो, सुगर डाउन भएर नर्सले थाहा पाइछन् हत्त न पत्त रियल जुस खान दिएर म बाँचे नत्र … ।

माफ गर्नु होला मैले कवि शिरोमणि लेखनाथ पौड्यालको काल महिमाको कुरा गर्दा गर्दै विषयान्तर भएछु ।

आयो टप्प टिप्यो, किन भनेको भने मैले थाहा पाएसम्म उहाँलाई अस्पतालसम्म पु-याउन पाइएनछ यस पटक ।

साथै कालले झुक्याएछ नत्र इन्द्रदेव नभए पनि इन्द्रदेव सरहका जमदरहरुले कामलाई पक्कै पनि फर्काइदिन्थे होला ।

म यो कुरा किन भन्दै छु योभन्दा अगाडि उहाँ कालको पदमा परेर फर्किनु भएको हो । मलाई यकीन तिथि मिति त थाहा छैन ।

करिब १ दसक पहिलो उहाँ बिरामी भएर काठमाडौंको नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । तत्कालीन रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा एकजना प्रतिष्ठित नेता भएका कारण तत्कालीन अवस्थामा प्रधानमन्त्री रहेका सूर्यबहादुर थापा पनि उहाँको अवस्था बुझ्न नर्भिक अस्पताल आवत जावत गरिरहनुहुन्थ्यो ।

अस्पतालले त्यसबेला केसीको परिवारलाई लगभग उहाँ यस संसारमा नरहनु भएको कुरा सुनाएको थियो ।

झिनोभन्दा झिनो आशा छ केही गर्न सक्ने भए गर्नुहोस् भन्ने सल्लाह डाक्टरहरुले दिएका थिए । तर चमत्कार भयो ।

दिल्लीको मेदान्त अस्पतालबाट पूरै डाक्टरको टोली रातारात एयर एम्बुलेन्स लिएर काठमाडौं ओर्लियो र एम्बुलेन्स भित्रै उपचार सुरु गरी मेदान्त अस्पताल पु¥याएर ३/४ महिना पछि स्वास्थ्य लाभ गरी फर्कनु भएको हो ।

पत्रकार र पत्रकारितासँग उहाँको पूरा लगाव सम्मान र सहयोगी वातावरण थियो । यसै कारणले होला उहाँले आफ्ना स्वर्गीय मातापिताको नाममा एउटा पत्रकार पुरस्कारको पनि केही वर्ष अगाडि आरम्भ गर्नुभएको थियो ।

त्यही पत्रकारमैत्री स्वभावले गर्दा उहाँ भएर मेदान्त अस्पताल दिल्लीमा रहँदा म लगायत पत्रकार राजु भण्डारी र त्रिभुवन पौडेल उहाँको अवस्था बुझ्न डिल्ली पुगेका थियौं ।

त्यसबेला नर्भिक अस्पतालबाट दिल्ली पु-याउन भागिरथ प्रयास गर्ने स्व. केसीको शुभचिन्तक, सहयोगी र नाताकुटुम्बले अनि उहाँको निधनको समाचार सुनेर कति दुखी बनायो होला ?

त्यहाँ अस्पतालमा उहाँले त्यसैबेला पनि भन्नु भाथ्यो, सुगर डाउन भएर नर्सले थाहा पाइछन् हत्त न पत्त रियल जुस खान दिएर म बाँचे नत्र … ।

आखिरमा कालको पाउमा परेर फिर्ता ल्याएको केसी परिवारलाई यस पटक भने कालले नराम्रोसँग छक्याएछ । भुकेर पाउँमा बिन्ती गर्नसम्मको समय दिएनछ ।

त्यसबेला नर्भिक अस्पतालबाट दिल्ली पु¥याउन भागिरथ प्रयास गर्ने स्व. केसीको शुभचिन्तक, सहयोगी र नाताकुटुम्बले अनि उहाँको निधनको समाचार सुनेर कति दुखी बनायो होला ?

नर्भिक अस्पताल काठमाडौंबाट मात्र होइन त्यस बेला दिल्लीमै रहनुभएका पूर्वमन्त्री हरि पाण्डे लगायतले एयर एम्बुलेन्स पठाउन महत्वपूर्ण काम गर्नु भएको कुरा मैले सुनेको थिए ।

मेदान्त अस्पताल दिल्लीमा रहनु हुँदा पनि उहाँलाई भेट्न नेपाल र भारतका समेत थुप्रै शुभचिन्तकहरुको अस्पतालमा ओहोर दोहर बाक्लै भइरहन्थ्यो ।

ती सबलाई आज एक्कासी केसी हाम्रो बीच हुनुहुन्न भनेर सुन्दा कस्तो लाग्यो होला । यति मात्र भन्न खोजेका हो । जन्म लिएपछि मानिस मर्नुमा आश्चर्य भएको होइन ।

आश्चर्य नभए पनि आफन्त शुभचिन्तक नाता कुटुम्ब, यस धर्तीबाट अन्तिम बिदाइ हुँदा जो कोहीलाई पनि भावुक बनाउँछ । सान्त्वना दिने त फगत औपचारिकता मात्र हो । आफ्नो मनलाई आफन्तले पीडामा सान्त्वना दिन कसैले सक्छन् होला ।

यस देशका ठूलाबडा, ठूला र कठोर भन्दा खरो नेता भनेर चिनिनेहरु पनि आफ्नो सन्तानको असामयिक अवसानमा विह्वल भएका दृश्य हेर्न मैले नसकेको अवस्था हो ।

तर पनि परिवारजनले मनलाई सम्हाल्नै पर्दछ । यो कुरा पक्का हो । जतिसुकै गाह्रो मन बनाए पनि पीडा सहनै पर्दछ । अन्तिम श्रद्धाञ्जली मित्र अलबिदा, अलबिदा !

तपाईको प्रतिक्रिया