भारतीय सेना प्रमुख नरावणे आज नेपाल आउँदै
समाधान संवाददाता
२०७७ कार्तिक १९ गते १०:०९
काठमाडौँ
भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरावणे आज नेपाल आउँदैछन् । उनी विशेष विमान मार्फत बिहान ११ बजे काठमाडौँ झर्ने छन् ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने छन् । यस्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ सेनाध्यक्षको उपाधि ग्रहण गर्ने छन् ।
नेपाल र भारतका सेनाध्यक्ष एकअर्काको देशका मानार्थ सेनाध्यक्ष हुने चलन छ। नरावणे सोही उपाधि ग्रहण गर्न नेपाल आउन लागेका हुन्।
नेपाली सेनाको औपचारिक निमन्त्रणमा नेपाल आउन लागेका उनी शनिबार स्वदेश फर्किने छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया