अवसरलाई फुत्कन नदिने सीताराम

समाधान संवाददाता २०७७ कार्तिक १९ गते १४:५०

आनन्दराज मुल्मी

पछिल्लो कालखण्डमा नेपाली कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य र संघीय संसदमा समानुपातिकतर्फबाट सांसद रहनुभएका सूर्यबहादुर केसी, जसलाई हामी सीताराम भनेर बढी सम्बोधन गर्दथ्यौं, को असामयिक निधनले हामीलाई दुखित तुल्याएको छ ।

उमेरमा ७/८ वर्ष सानो भए पनि व्यक्तिगत रुपमा मित्रको रुपमा थियौं । सीतारामसँग म सानै उमेरदेखि व्यक्तिगत रुपमा नजिक हुन पाएँ ।

Advertisement

यसको कारण उहाँको पिताजी कीर्तिबहादुर केसी सुरुदेखि नै निर्माण सम्बन्धी व्यवसायमा संलग्न भएकाले मेरा पिताजी प्रेमराज मुल्मीसँग बढी सम्पर्क हुने गर्दथ्यो ।

आवश्यक सरसल्लाहका लागि मझेरीपाटनबाट भैरवटोलसम्म उहाँको आउने जाने नियमित रुपमा हुने गर्दथ्यो । यही क्रममा बाबुले आफ्ना छोरा सीतारामलाई कहिलकाँहि साथमा ल्याउने गर्नुहुन्थ्यो ।

Advertisement

कीर्तिबहादुरको चाहना आफ्नो छोरालाई धेरै पढाउने र ठूलो मान्छे बनाउने भनेर धेरैपटक भन्ने गरेको मलाई सम्झना छ ।

स्कुले जीवनमा पनि छुट्टीको बेलामा आफ्नो बाबुले आफूले काम गरिरहेको साइटमा लिएर जाने, सँगै राख्ने भएकाले सीतारामले यस्तो काममा सुरुदेखि नै रुचि राख्थे ।

त्यही स्वभावको कारणले पढाइमा भन्दा कामप्रति बढी आशक्त भएकाले युवा उमेरमै केसी कन्स्ट्रक्सनको नामबाट धेरै निर्माण कार्यमा संलग्न भएर सफलता हासिल गरेको व्यक्ति हो सीताराम ।

अवसरलाई हातबाट फुत्कन नदिने सीतारामको चाहना हुन्थ्यो । त्यसैले एक्लै वा अरुसँग मिलेर भए पनि काम हातपार्न सक्रिय रहन्थे ।

चाहे व्यवसाय, चाहे त्यो उत्पादन कार्य होस्, वित्तीय संस्था होस् वा जलविद्युत क्षेत्र घर जग्गा कारोबार होस् सबैमा संलग्न भएको पाउँछौं ।

यही ठूलो कारोबारी व्यवसायी भएको कारणले होला माओवादी सशस्त्र संघर्षको दौरान आफूले काम गरिरहेको ठाउँ वा व्यवसायमा धम्कीपूर्ण चेतावनी बारम्बार प्राप्त गरेको कुरा भेटघाटको दौरान गरिनै रहन्थ्यो । यो क्रम निकै पछिसम्म रहन पुग्यो ।

आर्थिक सहयोग दिएर समाजसेवीको रुपमा कहलिएको व्यक्तिको अभाव खड्किने नै छ।

व्यवसायीको रुपमा व्यस्त भइरहेको अवस्थामा तत्कालीन पोखरा नगरपञ्चायतका प्रधानपञ्च उत्तम पुनको क्रियाकलाप गलत भयो, अनियमितता भयो भनेर विशेध गर्नेहरुको अनुवाइ गर्ने काममा लागेका थिए ।

दुवै उत्तम पुन र सूर्यबहादुर केसी पञ्चयती क्याडर भए पनि छुट्टाछुट्टै गुट समूहका थिए । एकआर्काको विरोधलाई उनीहरुले सशक्त रुपमा अगाडि बढाएका थिए । लगत्तै प्रधानपञ्चमा निर्वाचनमा दुवैजनाको प्रतिस्पर्धापश्चात सूर्यबहादुर केसी निर्वाचित भए ।

प्रधानपञ्चको निर्वाचित पश्चात भेटघाट हुँदा केही नयाँपन ल्याउनु पर्छ भनी सल्लाह गरेका थियौं ।

मैले नै नगर विकास समितिको जग्गामा सभागृह निर्माण गरौं, यस कामलाई अगाडि बढाउन तत्कालीन अञ्चलाधीश लगायत व्यक्तिहरुसँग छलफल अगाडि बढाऔं भन्ने दिएको सुझावलाई गम्भीरपूर्वक लिएर र निकै धेरै छलफललाई अगाडि बढाउन लागेको हुन् ।

फलस्वरुप पोखरामा भएका संघ संस्था, कार्यालयहरुको समिति गठन गरी निर्माण पनि सम्पन्न गरिएको हो ।

यसबाट के बुझ्न सकिन्छ भने सूर्यबहादुर केसी (सीताराम) कुनै पनि काम फत्तै गर्न निकै परिश्रम, लगनशील भएर लाग्ने मान्छे हुन् । सायद त्यही कारणले होला उसले हातहालेको काममा असफलता व्यहोर्नु परेन ।

२०४६ सालको परिवर्तनपछि पनि सूर्यबहादुर केसी निरन्तर रुपमा राष्ट्रि«यप्रजातन्त्र पार्टी (पुरानो पञ्चायतमा लागेकाहरुको) मा सक्रिय भइनै रहे र संविधान सभाको सदस्यमा पनि पार्टीको तर्फबाट प्रतिनिधित्व गरे । तर २०७४ साल संघीय संसदको निर्वाचन भन्दा केही दिन अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसको सदस्यता लिएका थिए ।

देश परिस्थितिको माहोल, आफ्नै व्यक्तिगत सुरक्षा र संरक्षणको ख्याल गर्दै र संघीय संसदमा प्रवेश गर्ने अवसर पनि देखेर नेपाली कांग्रेसमा प्रवेश गरेको हुनसक्ने लख त्यसबेला सबैले गरेका थिए ।

किनभने अवसरलाई हातबाट फुत्कन नदिने चतुर व्यक्तिको रुपमा सूर्यबहादुर केसी स्थापित भइसकेका थिए र धेरै क्लब, संघ संस्था, विद्यालय, क्याम्पस र पत्रकार जगतमा पनि आर्थिक सहयोग उपलब्ध गराएर नजिकिने प्रयास गरिरहेकै थिए ।

मनोबल उच्च राख्न बारम्बार भनिरहन्थें। तर पनि सीताराम छिट्टै हामीबाट टाढा भएका छन् । उनको आत्माले चिरशान्ति पाउन सकोस् यही कामना गर्न चाहान्छु । हामी सबैले एउटा मित्र गुमाएका छौं ।

आर्थिक सहयोग दिएर समाजसेवीको रुपमा कहलिएको व्यक्तिको अभाव खड्किने नै छ। पछिल्लो केही वर्षदेखि शारीरिक रुपमा अस्वस्थ थिए ।

त्यसैले राजनीतिक, आर्थिक सामाजिक रुपमा त्यति धेरै सक्रियतापूर्वक संलग्न हुन सकेका थिएनन् । तापनि अलि ठिक हुनासाथ कार्यक्रमहरुमा उपस्थिति जनाउन पुग्ने व्यक्ति थिए ।

६३ वर्षको उमेर त्यति बुढ्यौली पनि हैन काम गर्न नसक्ने उमेर पनि हैन तर सीताराममा शिथिलता देखिएको थियो । भेटघाट हुनेबेला कुराकानीमा आत्मबल केही कमी महसुस हुन्थ्यो ।

मनोबल उच्च राख्न बारम्बार भनिरहन्थें। तर पनि सीताराम छिट्टै हामीबाट टाढा भएका छन् । उनको आत्माले चिरशान्ति पाउन सकोस् यही कामना गर्न चाहान्छु । हामी सबैले एउटा मित्र गुमाएका छौं ।

एउटा शून्यता पैदा भएको छ । हामी सबैलाई भावुक बनाइदिएको छ । यो असामयिक निधनले निशब्द बनाएको छ, स्तब्ध तुल्याएको छ ।

यो अपूरणीय क्षति भएकोमा सपरिवारप्रति हार्दिक समवेदनासहित धैर्यधारण गर्ने शक्ति रहोस् भनी प्रार्थना गर्न चाहन्छु ।

यो पनि

कालको पदमा परेर फर्केका सूर्य

सज्जन थिए सूर्यबहादुर

सार्प माइन्डेड सूर्य

तपाईको प्रतिक्रिया