जमुना वर्षालाई टान पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार

समाधान संवाददाता २०७७ कार्तिक १९ गते १४:१६
/f;;sdL{ zdf{ ;Ddflgt kf]v/f, !( sflQs M 6«]lsª Ph]G;Lh P;f]l;Pzg ckm g]kfn -6fg_ klZrdf~rnsf] !^cf}F clwj]zgsf] cj;/df u08sL k|b]zsf pBf]u jg ko{6g tyf jftfj/0fdGqL ljsf; nD;fnaf6 /f;;sdL{ hd'gfjiff{ zdf{ …pTs[i6 ko{6g kqsfl/tf– @)&&Ú af6 ;Ddflgt . tl:a/ M /flwsf sF8]n ÷/f;;

पाेखरा

पत्रकार जमुना वर्षा शर्मा ‘पर्वतीय पर्यटन पत्रकारिता पुरस्कार–२०७७’ बाट सम्मानित भएकी छन् ।

ट्रेकिङ एजेन्सिज एसाेसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघकाे १६औं अधिवेशन एवं २७ औं वार्षिक साधारणसभाका अवसरमा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले १० हजार नगदसहित सम्मानपत्र र दोसल्लाबाट उनलाई बुधबार पाेखरामा सम्मान गरे ।

पर्वतीय पर्यटनका साथै समग्र पर्यटनका विविध पक्षमा पत्रकारिताका माध्यमबाट योगदान पुर्‍याएको भन्दै उनलाई सम्मान गरिएको हो ।

Advertisement

कार्यक्रममा उद्योगमन्त्री लम्सालले कोरोना संमणले पर्यटन क्षेत्रमा विषम परिस्थिति निम्त्याएको बताउँदै यसका बाबजुद पनि सरकार विभिन्न किसिमबाट पर्यटन प्रवर्द्धनमा लागेको जनाए ।

कोरोनाका कारण गण्डकीको पर्यटनमा दैनिक रु १३ करोडभन्दा बढी नोक्सानी व्यहोर्नुपरेको बताउँदै उनले प्रकृति, संस्कृतिका साथै साहसिक पर्यटन यहाँको विशिष्टता भएको उल्लेख गरे ।

Advertisement

कोरोना कहरका कारण सिर्जित असहज परिस्थितिलाई दृष्टिगत गरी व्यवसायको रक्षाका लागि सरकारले छुट्याएको १ अर्बको कोष चाँडै व्यवसायीका हातमा पुग्ने उनले आस्वस्त पारे ।

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवं टान पश्चिमाञ्चल क्षेत्रीय संघका पूर्वअध्यक्ष टीकाराम सापकोटाले छ खर्बभन्दा बढी लगानी भएको पर्यटन क्षेत्रमा कोरोना संक्रमणका कारण ७५ हजार जनाले रोजगारी गुमाएको बताए ।

कोरोनाले विभिन्न क्षेत्र धराशायी बनाएको उल्लेख गर्दै उनले सरकारले मौद्रिक नीति कार्यान्वयनमा ल्याउन नसकेको बताए ।

टानका केन्द्रीय उपाध्यक्ष चोलेन्द्रबहादुर कार्कीले जथाभावी बाटो खन्ने नाममा पदयात्रा मार्गहरू जोखिममा परेको बताउँदै पदयात्रा क्षेत्रमा बाटो खन्दा टानसँग समन्वय गर्नुपर्नेमा जोड दिए ।

टान पश्चिमाञ्चल क्षेत्रीय संघका अध्यक्ष हरि भुजेलले कोरोना कहरका कारण पदयात्रा पर्यटनसहित समग्र पर्यटन नै संकटमा परेको बताए ।

टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका प्रथम उपाध्यक्ष सुशीलराज पौडेल, सचिव जीवनराज सापकोटालगायतले पदयात्रा पर्यटनमा देखिएका समस्याबारे उल्लेख गरे ।

अधिवेशन तथा साधारणसभाका अवसरमा संघका तर्फबाट नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको निर्माणाधीन भवनका लागि ५० हजार उपलब्ध गराइएको छ।

तस्बिर : राधिका कँडेल

तपाईको प्रतिक्रिया