स्क्वासमा शोक सभा

समाधान संवाददाता २०७७ कार्तिक १९ गते १६:१८

समाधान संवाददाता
स्क्वास राकेट एशोसियशन कास्कीले बुधबार शोक सभाको आयोजना गरेको छ । स्क्वास खेलका राष्ट्रिय खेलाडी विकासरत्न शाक्य र पोखराका स्थापित उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसीको निधनमा शोक सभाको आयोजना गरिएको हो ।

पोखरा रंगशाला स्थित एशोसियशनकै हलमा आयोजना शोक सभामा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङले स्वर्गीय केसी र शाक्यको तस्विरमा माल्यापर्ण गरेका थिए ।

केसी स्क्वास राकेट एशोसियशन कास्कीका कार्य समिति सदस्य प्रकाश केसीका पिता हुन् । कास्कीमा स्वास खेलको विकासमा केसी परिवारको ठुलो सहयोग रहदै आएको छ । पोखरा रंगशालामा निर्माण भएको स्क्वास हल बनाउन केसीकै प्रतिष्ठानबाट झण्डै एक करोड रुपैयाको आर्थिक सहयोग प्राप्त भएको एशोसियशन कास्कीका महासचिव प्रविण पालिखेले बताए ।

Advertisement

कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका विकासरत्न शाक्य २०६० साल देखि नै स्क्वास खेल्दै आएका हु्न् । उनी स्क्वास राकेट एशोसियशन कास्कीका सस्थापक एवं अहिलेको कार्यसमिति सदस्य हुन् । उनी यसअघि पोखरामा आयोजना गरिने केसी खुल्ला स्क्वास प्रतियोगितको उपाधी विजेता समेत हुन् ।
केसी र शाक्य दुवै जनाको सोमाबार निधन भएको हो ।

याे समाचारकाे पेटबाेलीमा निधन भएका व्यक्तिकाे नाम विकाशरत्न शाक्य हुनुपर्नेमा असावधानीवश अर्कै पर्न गएकाले यसबाट सम्बन्धित परिवार र आम पाठकमा पर्न असरप्रति समाधान दैनिक र समाधान न्युज अनलाइन परिवार क्षमा माग्दछ । आगामी दिनमा यस्ता गल्ती नदाेहाेर्‍याउने प्रतिबद्धता पनि गर्दछाैं ।

Advertisement

सम्पादक

तपाईको प्रतिक्रिया