सांसद काेइरालाकाे मुख्यमन्त्रीलाई कडा जवाफ – प्रदेशका जनताले उपचार नपाएर मरेकाे दाेष पनि प्रचण्लाई नै दिनुहुन्छ कि केही गर्नुहुन्छ ?

समाधान संवाददाता, पाेखरा
नेकपामा मत्थर भयो भनेको विवाद कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविस्वासको प्रस्तावपछि फेरि चुलियो । भारतीय खुपिया एजेन्सी रअका प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेट गरेपछि विवाद झनै चर्कियो ।
कार्यकारी अध्यक्षको जिम्मा पाएका प्रचण्डले पूर्व माओवादीहरुलाई जम्मा पारेर प्रधानमन्त्रीले अब पार्टी अलग भएर जानुपर्छ भन्ने आषय व्यक्त गरेको सार्वजनिक भइसकेको छ । विवाद मिलाउन गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीद्वय पृथ्वीसुब्बा गुरुङ र शंकर भण्डारी केही समय काठमाडौं नै बसे ।
अहिले गण्डकीका मुख्यमन्त्री काठमाडौंबाट पोखरा फर्केका छन् । बुधबार गृहजिल्ला पुगेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको ‘पार्टी फुटे त्यसको जिम्मा कार्यकारी अध्यक्ष प्रचण्डले लिनुपर्ने’ भनाइसहितको अन्तर्वार्ता एक चल्तीको अनलाइनमा प्रकासन भयो । उक्त समाचार विभिन्न टीकाटिप्पणी आएका छन् ।
गण्डकी प्रदेश सभा सदस्य दीपक कोइरालाले मुख्यमन्त्रीको यो भनाइलाई प्रदेशमा कोरोना संक्रमणको रोकथाम र उपचारसँग जोडेर प्रतिक्रिया दिएका छन् ।
समाचार सेयर गर्दै सांसद कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टी कस्को कारण फुट्छ र त्यसको परिणाम ककसले कस्तो रुपमा बेहोर्नु पर्ला (यदि पार्टी फुट्यो भने ) त्यो समयले नै बताउला, तर प्रदेशका नागरिक सामान्य उपचार र अस्पतालको बेड नपाएर मर्नु परेको दोष पनि प्रचण्ड लाइ नै दिएर उम्किनु हुन्छ कि केही गर्नु हुन्छ मुख्य मन्त्री ज्यु ?’
प्रदेश सभामा अर्थ तथा विकास समिति सभापति समेत रहेका सांसद कोइराला तत्कालीन माओवादी समर्थित हुन् । देखेको कुरा प्रष्ट बोल्ने उनको बानी छ । उनी हाल कोरोना संक्रमित भई आइसोलेसनमा छन् ।
प्रदेशमा अहिले कोरोना संक्रमितको ग्राफ डरलाग्दो गरी उकालो लाग्दो छ । सरकारी अस्पतालमा उपचारका लागि बेड नभएको अवस्थामा नीजिले भने मनलाग्दी रकम असुल्दै आएको गुनासो बढेको छ ।
बुधबार मात्र गण्डकीमा ७ जनाले कोरोनाबाट ज्यान गुमाएको रिर्पोट प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको छ । गण्डकीमा कोरोनाबाट ९३ जनाको मृत्यु भएको छ ।









बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
पोखरामा स्कुटरलाई ठक्कर दिएर फरार बोलेरो चालक पक्राउ
८ औं बागलुङ महोत्सव सुरु: १० करोडको कारोबार हुने अपेक्षा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया