कालीगण्डकी करिडरकाे पहिराेमा ५ कामदारकाे मृत्यु

पाेखरा
कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरामा पुरिएर ५ जनाको मृत्यु भएको छ ।
कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार बुधबार साँझ पहिरामा पुरिएका थिए ।
सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेकाे अवस्थामा माथिबाट खसेको सुख्खा पहिरामा पुरिएका ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख एसपी प्रकाश मल्लले जानकारी दिए ।
मृत्यु हुनेमा सबै बुलिङटार –४ का २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुगेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी छन् ।
पहिरामा पुरिएका पाँचै जनालाई इलाका प्रहरी कार्यालय बुलिङ्टारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहायतामा निकालिएको थियो ।
पहिरामा परी दुई जना घाइते भएका छन् । २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केबलसिंह लुगेली मगर घाइते भएका हुन् । उनीहरु पहिरोमा परेपछि अन्य कामदारले उद्धार गरेका थिए ।
उद्धार गरिएका दुवै जनाको भरतपुरमा उपचार भइरहेको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया