आज कति छ सुनको मूल्य ?
समाधान संवाददाता
२०७७ कार्तिक २० गते ११:२४

काठमाडौं
नेपाली बजारमा बिहीवार सुनको मूल्यमा १ सय रुपैयाँको गिरावट आएको छ ।
बिहीवार छापावाल सुन प्रति तोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन बुधवार छापावाल सुन प्रति तोला ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुनको मूल्य ९५ हजार ७ सय रुपैयाँ कायम भएको छ । बुधवार यस्तो सुनको मूल्य प्रति तोला ९५ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार, बिहीवार चाँदी प्रति तोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार भने चाँदी प्रति तोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया