कास्कीमा ११५ सहित गण्डकीमा थपिए १९३ संक्रमित

समाधान संवाददाता २०७७ कार्तिक २० गते १३:०१

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा १ सय ९३ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशका ७ जिल्लामा १ सय ९३ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमध्ये कास्कीका १ सय १५ संक्रमित छन् । नवलपरासीमा ४७, पर्वतमा १४, तनहुँमा ११ संक्रमित थपिँदा बागलुङ, स्याङ्जा र लमजुङमा २÷२ जना संक्रमित थपिएका छन् ।

गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ८ हजार ४ सय ५७ पुगेको छ । तीमध्ये ४ हजार ६ सय ५७ जना निको भएका छन् भने ९३ को मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया