भारतीय सेनाध्यक्षलाई कालो झण्डा देखाउने पक्राउ

समाधान संवाददाता २०७७ कार्तिक २० गते १५:१०

काठमाडौं

नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई कालो झण्डा देखाउने नेत्रविक्रम चन्द विप्लव समूहका चार जना कार्यकर्ता पक्राउ परेका छन्।

बुधबार र बिहीबार गरेर चार जना कार्यकर्ता पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरले जानकारी दिए।

Advertisement

पक्राउ पर्नेमा खेम प्रधान, टिकाराम चौधरी, बाबुराम तामाङ र भावना विद्रोही छन्। उनीहरुलाई परिसरको हिरासतमा राखिएको छ।

भारतीय सेनाध्यक्षको भ्रमणका क्रममा हुन सक्ने अप्रिय घटनालाई लक्षित गर्दै प्रहरीले गरेको अपरेसनमा चार जना पक्राउ परेका हुन्। कालो झण्डा देखाउने तयारी गरिरहेको अवस्थामा पक्राउ गरिएको परिसरका प्रवक्ता राठोरले जानकारी दिए।

Advertisement

बुधबार नै पुण्य गौतमलाई पनि प्रहरीले पक्राउ गरेको थियो। उनले युट्युब च्यानलमार्फत कालो झण्डा देखाउने लगायतका उत्तेजक अभिव्यक्ति दिएपछि नियन्त्रणमा लिइएको हो।

तपाईको प्रतिक्रिया