कर्मचारीमा कोरोना देखिएपछि पोखरा १ को सेवा आजदेखि बन्द

समाधान संवाददाता २०७७ कार्तिक २१ गते ६:३०

समाधान संवाददाता, पोखरा

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पोखरा महानगरपालिका १ को सेवा बन्द भएको छ ।

वडा कार्यालयले बिहीबार सूचना निकालेर समुदायमा संक्रमण फैलने अवस्था देखिएको भन्दै शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्म सेवा बन्द रहने जनाएको हो ।

Advertisement

अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र भीडभाड नगर्न वडा कार्यालयले आग्रह गरेको छ । यसअघि पोखरा २५ को कार्यालयले पनि बुधबारदेखि सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।

जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमण देखिएकाले सेवा बन्द भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया