नरवणे र प्रधानमन्त्री ओलीबीच आज भेटघाट हुँदै

काठमाडौं
भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे आज प्रधानमन्त्री केपी शर्मा अोलीसँग भेट्दै छन् । दिउँसो २ बजे उनीहरुको बीच भेट हुने बताइएको छ ।
भारतीय सेना प्रमुख महारथी मनार्थ उपाधिका लागि नेपाल आएका हुन् । यो बिगतदेखि चल्दै आएको परम्परा हो । तर यसपटकको भ्रमणलाई सबैले चासो पूर्वक हेरिएको छ ।
दुई देशको सीमा विवाद चलिरहेको बेला भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणप्रति सबैको चासो बढेको छ ।
प्रधानमन्त्री अोली र भारतीय सेना प्रमुख नरवणेको भेटघाटलाई विशेष रुपमा लिएको छ । उनीहरुको बीचमा विशेष संवाद हुने सम्भावना रहेको बताइएको छ ।
दुई देशबीचमा देखिएको पछिल्लो सीमा विवाद र संवादहिनताको विषयमा दुई पक्षको बीचमा कुराकानी हुने बताइएको छ ।
यसअघि भारतीय रअ का प्रमुख सामन्त गोयल असोज ५ गते नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेटेर फर्किपछि नरवणे नेपाल आएका हुन् ।
उनी दिल्लीबाट विशेष गाइडलाइनका साथ नेपाल आएका हुन् । प्रधानमन्त्री ओलीसाग कुराकानी गरेर दिल्ली फर्केपछि नेपालमा भएका कुराकानीलाई ब्रिफ गर्ने बताइएको छ ।
बुधवार नेपाल आएका नरवणे वसन्तपुर र पशुपती मन्दीर घुमघामका साथै राष्ट्रपति विद्या देवी भण्डारीको हातबाट मनार्थ ग्रहण गरे ।
नेपाली सेनाका प्रमुख पूर्णचन्द्र थापासँग भेट गरेका छन् । मनार्थ ग्रहणपछि राष्ट्रपति भण्डारीसँगको भेटघाटमा दुई देशको सम्बन्धको बारेमा चिन्ता व्यक्त भएको थियो ।
राष्ट्रपति भण्डारीले दुई देशबीच वार्ताको वतारण बनाउन भूमिका खेल्न आग्रह गरेको बताइएको छ । दुई देशबीच उच्चस्तरी भ्रमणहरु गरी सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने धारणा राखेकी थिइन् ।
त्यसका जवाफमा भारतीय सेना प्रमुख नरवणेले नेपालको सन्देश आफूले दिल्लीसम्म पुर्याइ दिने प्रतिबद्धता जनाएका थिए ।
भारतीय सेना प्रमुख नरवणे आजै ५ वजे आफ्नो विशेष विमानबाट भारत फर्किनेछ ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया