नरवणे र प्रधानमन्त्री ओलीबीच आज भेटघाट हुँदै

समाधान संवाददाता २०७७ कार्तिक २१ गते १०:४९

काठमाडौं

भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे आज प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग भेट्दै छन् । दिउँसो २ बजे उनीहरुको बीच भेट हुने बताइएको छ ।

भारतीय सेना प्रमुख महारथी मनार्थ उपाधिका लागि नेपाल आएका हुन् । यो बिगतदेखि चल्दै आएको परम्परा हो । तर यसपटकको भ्रमणलाई सबैले चासो पूर्वक हेरिएको छ ।

Advertisement

दुई देशको सीमा विवाद चलिरहेको बेला भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणप्रति सबैको चासो बढेको छ ।

प्रधानमन्त्री अ‍ोली र भारतीय सेना प्रमुख नरवणेको भेटघाटलाई विशेष रुपमा लिएको छ । उनीहरुको बीचमा विशेष संवाद हुने सम्भावना रहेको बताइएको छ ।

Advertisement

दुई देशबीचमा देखिएको पछिल्लो सीमा विवाद र संवादहिनताको विषयमा दुई पक्षको बीचमा कुराकानी हुने बताइएको छ ।

यसअघि भारतीय रअ का प्रमुख सामन्त गोयल असोज ५ गते नेपाल आएर प्रधानमन्त्री ओलीसँग भेटेर फर्किपछि नरवणे नेपाल आएका हुन् ।

उनी दिल्लीबाट विशेष गाइडलाइनका साथ नेपाल आएका हुन् । प्रधानमन्त्री ओलीसाग कुराकानी गरेर दिल्ली फर्केपछि नेपालमा भएका कुराकानीलाई ब्रिफ गर्ने बताइएको छ ।

बुधवार नेपाल आएका नरवणे वसन्तपुर र पशुपती मन्दीर घुमघामका साथै राष्ट्रपति विद्या देवी भण्डारीको हातबाट मनार्थ ग्रहण गरे ।

नेपाली सेनाका प्रमुख पूर्णचन्द्र थापासँग भेट गरेका छन् । मनार्थ ग्रहणपछि राष्ट्रपति भण्डारीसँगको भेटघाटमा दुई देशको सम्बन्धको बारेमा चिन्ता व्यक्त भएको थियो ।

राष्ट्रपति भण्डारीले दुई देशबीच वार्ताको वतारण बनाउन भूमिका खेल्न आग्रह गरेको बताइएको छ । दुई देशबीच उच्चस्तरी भ्रमणहरु गरी सम्बन्धलाई अझ बलियो बनाउनुपर्ने धारणा राखेकी थिइन् ।

त्यसका जवाफमा भारतीय सेना प्रमुख नरवणेले नेपालको सन्देश आफूले दिल्लीसम्म पुर्याइ दिने प्रतिबद्धता जनाएका थिए ।

भारतीय सेना प्रमुख नरवणे आजै ५ वजे आफ्नो विशेष विमानबाट भारत फर्किनेछ ।

तपाईको प्रतिक्रिया