पोखरामा फर्निचर उद्योगमा आगलागी

समाधान संवाददाता २०७७ कार्तिक २१ गते १५:५७

समाधान संवाददाता, पोखरा

पोखराको एउटा फर्निचर उद्योगमा शुक्रबार आगलागी भएको छ । पोखरा महानगरपालिका १३ कन्चनटोलस्थित होमसेन्टर फर्निचर उद्योगमा शुक्रबार बिहानै आगलागी भएको हो ।

प्रदेश प्रहरी कार्यालयका अनुसार सोही ठाउँका सुनिलप्रसाद घिमिरेको फर्निचरमा बिहान साढे ४ बजे आगलागी भएको थियो । झन्डै १ घन्टा लगाएर प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

Advertisement

आगलागीको कारण खुल्न सकेको छैन ।

फाइल तस्बिर

Advertisement

तपाईको प्रतिक्रिया