पोखरामा फर्निचर उद्योगमा आगलागी
समाधान संवाददाता
२०७७ कार्तिक २१ गते १५:५७

समाधान संवाददाता, पोखरा
पोखराको एउटा फर्निचर उद्योगमा शुक्रबार आगलागी भएको छ । पोखरा महानगरपालिका १३ कन्चनटोलस्थित होमसेन्टर फर्निचर उद्योगमा शुक्रबार बिहानै आगलागी भएको हो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार सोही ठाउँका सुनिलप्रसाद घिमिरेको फर्निचरमा बिहान साढे ४ बजे आगलागी भएको थियो । झन्डै १ घन्टा लगाएर प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
आगलागीको कारण खुल्न सकेको छैन ।
फाइल तस्बिर
सम्बन्धित









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया