गोरखामा यो वर्ष देउसीभैलो खेल्न नपाइने
समाधान संवाददाता
२०७७ कार्तिक २१ गते १६:२१

समाधान संवाददाता, पोखरा
गोरखामा यो तिहारमा देउसीभैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले शुक्रबार सूचना निकालेर कोरोना संक्रमण फैलिने जोखिम रहेको भन्दै तिहारमा देउसीभैलो खेल्ने, नाचगान गर्ने, पिङ हाल्ने र खेल्ने नगर्न आग्रह गरेको छ ।
तिहार आफू र आफ्नो परिवारसँगै मनाउन र विगतमा जस्तो आफन्तकहाँ जाने, भिड गर्ने काम नगर्न सूचनामा भनिएको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जारी गरेको सूचनामा जुवातास खेल्ने, पटका, आतिशवाजी र भुइचम्मा जस्ता विस्फोटक पदार्थ बिक्री र प्रयोग नगर्न पनि आग्रह गरिएको छ ।
कोरोना भाइरस संक्रमणविरुद्ध सचेतता नअपनाए संक्रामक रोग ऐन २०२० अनुसार र भुइचम्पा, पटका आतिशबाजी जस्ता विस्फोटक पदार्थको कारोबार र प्रयोग गरे स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।
सम्बन्धित







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया