शनिबार पाँचै नेताले ओलीलाई भेट्ने

समाधान संवाददाता २०७७ कार्तिक २१ गते १८:०२

समाधान संवाददाता, काठमाण्डाैं ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाेलाएकाे सचिवालय सदस्यहरुकाे अनाैपचारिक बैठकले आैपचारिक बैठक बेलाउन प्रधानमन्त्री केपी अाेलीलाई आग्रह गर्ने निर्णय गरेकाे छ ।

प्रचण्ड एक्लैले भेट्दा आैपचारिक बैठक राख्न ओलीले अस्वीकार गरेपछि नेताहरुले सामुहिक रुपमा भेट्ने निर्णय गरेकेा प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजि श्रेष्ठले बताएका छन् ।

नेकपा मुख्यालय धुम्बाराहीमा शुक्रबार दिउसाे सचिवालय सदस्यकाे अनाैपचारिक बैठक बाेलाइएकाे थियाे । तर साे बैठकमा केपी पक्षीय सचिवालय सदस्यहरु अनुपस्थित थिए ।

शनिबार पाँचै जना सचिवालय सदस्यले प्रधानमन्त्रीलाई भेट्ने निर्णय भएपनि प्रधानमन्त्रीले अहिलेसम्म समय दिएका छैनन् ।

तपाईको प्रतिक्रिया