बिमा गरेको २६ दिनमा मृत्यु, साढे ५२ लाख बिमा भुक्तानी

समाधान संवाददाता
स्पाइरल ग्यालेक्सी पोखराका प्राचार्य नारायणप्रसाद चापागाईंले २०७७ असार ३१ गतेमात्रै ५० लाख रुपैयाँको जीवन बिमा गरे । पहिलो किस्ता बापत ३ लाख ८० हजार ४ सय ४० रुपैयाँ बुझाए । त्यो एक वर्षको किस्ता थियो । अर्काे वर्ष भने १ लाख ३० हजार ४ सय ४० रुपैयाँ बुझाए पुग्थ्यो ।
२० वर्षे बिमामा पहिलो वर्ष ३ लाख ८० हजार ४ सय ४० र त्यसपछिका १९ वर्षसम्म १ लाख ३० हजार ४ सय ४० रुपैयाँ बुझाउनुपर्ने बिमा योजना उनले रोजेका थिए । युनियन लाइफ इन्सोरेन्सको अग्रीम वार्षिक भुक्तानी बिमा योजनामा चापागाईंले बिमा गरेका हुन् । तर बिमा गरेको २६ औं दिन अर्थात् साउन २६ गते उनको निधन भयो ।
तिनै चापागाईंको परिवारले बिमा बापतको रकम भुक्तानी प्राप्त गरेको छ । उनकी जीवन संगिनी शारदा अधिकारी चापागाईंलाई ५२ लाख ५० हजार रुपैयाँको चेक पोखराका मेयर मानबहादुर जिसीले शुक्रबार हस्तान्तरण गरे । युनियन लाइफ इन्सोरेन्सका एजेन्सी मेनेजर पुष्पराज पौडेलले ५० लाख बिमा बापत र १ वर्षको बोनस २ लाख ५० हजार गरी ५२ लाख ५० हजार रुपैयाँ चापागाईंको परिवारलाई हस्तान्तरण गरेको जानकारी दिए ।
जिसीले जीवन बिमा हुने खानेले मात्र होइन कि हुँदा खाने (गरिबले) नगरी नहुने अनिवार्य बचत भएको विचार राखे । पोखरा वडा नम्बर १६ का वडा अध्यक्ष जीवन आचार्यले विमामा बचत गर्ने बानीको विकासले परिवारको मुख्य सदस्य गुमाउँदा हुने आर्थिक क्षतिबाट न्यून गराउन र परिवारको आथिक सारथी जीवन बीमा रहेको धारणा राखे । मेनेजर पुष्पराज पौडेलले बिमाले भुक्तानी दिँदैन भन्ने भ्रम नपाल्न पनि सबैलाई आग्रह गरे ।
युनियन लाइफ इन्स्योरेन्स गण्डकी प्रदेशका निर्देशक टुल्कनाथ आचार्यले सभापतित्व गरेको कार्यक्रममा स्वागत मन्तव्य युनियन लाइफ इन्स्योरेन्स लामाचौर शाखाका बिएम सूर्य चापागाईंले गरेका थिए । कार्यक्रमको सञ्चालन सोही इन्स्योरेन्सका एजेन्सी म्यानेजर कृष्ण भण्डारीले गरेका थिए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया