गृहसचिव र सशस्त्रका आइजी गण्डकीका जिल्ला दाैडाहामा

समाधान संवाददाता
पोखरा
गृहसचिव महेश्वर न्यौपानेले शान्ति सुरक्षा, विपद व्यवस्थापन लगायत कार्यमा उच्च मनोबलका साथ एकीकृत रुपमा कार्य गर्न निर्देशन प्रशासन र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
मुस्ताङको नेचुङमा बोर्डर आउट पोस्ट भवन शिलान्यासपछि स्थल मार्गबाट फर्केका सचिव न्यौपानेका साथमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल पनि छन् ।
गण्डकी प्रदेश अन्तर्गत पर्वत, बाग्लुङ र म्याग्दी जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखसँगको अन्तरक्रियामा गृहसचिव न्यौपानेले कार्य सम्पादन सम्झौता अनुरुप काम गर्न समेत निर्देशन दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र सुरक्षाको अवस्था, सुरक्षा चुनौती, विपद व्यवस्थापन र कोभिड १९ संक्रमण नियन्त्रण तथा उपचारबारे प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विपद् व्यवस्थापन तथा शान्ति सुरक्षा कायम राख्न समन्वय र सहकार्य तथा एकीकृत सुरक्षा योजनाका साथ कार्य गरेमा मात्र उत्कृष्ट सफलता मिल्ने बताए ।
महानिरीक्षक खनालले ती जिल्लामा रहेका मातहत युनिटको निरीक्षण गर्ने क्रममा इमान्दार र अनुशासित ढंगले राज्यले दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् ।









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया