कालिगण्डकीमा छाडियो ३ लाख ८२ हजार भुरा

समाधान संवाददाता २०७७ कार्तिक २२ गते १०:१३

समाधान संवाददाता, स्याङ्जा

नेपाल विद्युत प्राधिकरण कालिगण्डकी ए जलविद्युत केन्द्र बेल्टारीले ३ लाख ८२ हजार ५ सय माछाका भुरा छोडेको छ ।

केन्द्रले आफ्नो रिजर्भ वायर क्षेत्रभित्रको कालिगण्डकी नदीमा पहिलोपटक माछाका भुरा छाडेको हो ।

Advertisement

जलविद्युत केन्द्रले वातावरणीय सन्तुलन कायम गर्न तथा माछा मारेर जीविकोपार्जन गर्ने आयोजना प्रभावित ३५ माझी समुदायको आय आर्जन र जिवन स्तर अभिवृद्धिमा सहगोग गर्ने उद्देश्यले भुरा छाडेको केन्द्रका प्रमुख पशुपतिराज गौतमले जानकारी दिए ।

केन्द्रले नदीमा १ लाख १२ हजार ५ सय गर्दी, १ लाख १२ हजार ५ सय हाडे र एक लाख ५७ हजार ५ सय ठेड जातका माछाका भुरा छाडेको हो ।

Advertisement

वार्षिक ४० लाख रुपैयाँ बराबरका ८ लाख भुरा नदीमा छाड्ने जलविद्युत केन्द्रको लक्ष्य अनुसार पहिलो चरणमा आधा छाडेको र आगामी जेठमा आधा भुरा नदीमा छाड्ने गौतमले जानाकारी दिए ।

भुरा छाड्दै कालिगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले विगतमा नार्कले माछाका भुरा छाड्ने गरे पनि अहिले छाडेको अवस्थामा जलविद्युत केन्द्रले निरन्रतरता दिएकोमा खुसी व्यक्त गरे ।

वातावरण संरक्षणको लागि जलविद्युत जलविद्युत केन्द्रका प्रयास राम्रो भएको बताउँदै थापाले पालिका पनि सहकार्य गर्न तयार रहेको सुनाए ।

तपाईको प्रतिक्रिया