उज्यालो छर्दै ‘दियालो’

वालिङ
दियालो संस्थाको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । दियालो संस्थाले सञ्चालन गर्दै आएका विभिन्न परियोजनाका बारेमा समीक्षा गरिएको हो ।
कार्यक्रममा सुआहाराका गण्डकी प्रदेश प्रमुख याम जिसीले दियालोले सञ्चालन गरिरहेको कार्यक्रम निक्कै प्रभावकारी रहेको बताए । उनले भने, ‘दियालोसँग सहकार्य गरेर काम गर्न निकै सहज रहेको छ ।’
दियालो संस्थाका अध्यक्ष कविता तिवारीले विभिन्न परियोजना मार्फत स्याङ्जा जिल्लाका ११ वटै पालिकामा बिभिन्न प्रकृतिका कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । उनले भनिन्, ‘११ वटै पालिकामा सञ्चालन भई रहेका विभिन्न परियोजाहरुको प्रगति उपलव्धीमूलक रहेको बताइन् ।
अध्यक्ष तिवारीले कार्याक्रम कार्यान्वयनलाई अझै प्रभावकारी बनाउदै लगिने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रममा युएसएआइडीको सहयोगमा सञ्चालित सुआहाराका कार्यक्रम प्रमुख ओमसुव गुरुङले सुआहारा दोस्रोका बिभिन्न कार्यक्रमको प्रगति र अवस्थाका बारेमा जानकारी गराइन् ।
युएनडिपी तथा वालिङ नगरपालिकाको साझेदारीमा सञ्चालित ‘कोभिड १९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य परियोजना’ का प्रमुख राधाकृष्ण डुम्रेले उक्त कार्यक्रमका प्रगति तथा कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराए ।
दियालो संस्थाका वित्तीय तथा प्रशासन अधिकृतहरु सबिना कर्माचार्य र सुशीला अर्यालले आर्थिक अवस्था तथा बजेटका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा दियालो संस्थाका उपाध्यक्ष विष्णु सुवेदी, सचिव सीता गौडेल, सहसचिव सीता गैह्रे, कोषाध्यक्ष सीता डुम्रे र सदस्य चण्डिका सापकाेटा लगायतले भनाइ राखेका थिए ।
२०६५ सालमा स्थापना भएको दियालो संस्थालो युएनडिपी, युएसएआइडी, एचकेआई, केयर नेपाल लगायतका अन्तर्राष्ट्रिय संघसंस्था तथा नेपाल सरकार लगायतसँग मिलेर काम गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया