शववाहनका लागि सहयोग संकलन

समाधान संवाददाता २०७७ कार्तिक २२ गते १०:५५

समाधान संवाददाता, लेखनाथ

Advertisement

नागरिक परोपकार समन्वय संस्था पोखरा ३० ले कास्की जिल्लामा अति आवश्यक देखिएको शववाहन खरिदका लागि शुक्रबारबाट सहयोग संकलन अभियान थालेको छ ।

जिल्लाभित्र शव वाहनको अभावमा सर्वसाधारणहरुले दुख पाउने गरेको र कोरोना महामारीका कारण उक्त समस्या झनै जटिल बन्दै गएकाले शववाहन खरिद गर्न तत्काल अभियान थालिएको संस्थाका अध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए ।

Advertisement

अभियानको पहिलो दिनमै ७ लाख रुपैयाँ संकलन भएको संस्थाका आर्थिक उपसमितिका संयोजक उपेन्द्र सुवेदी (राजु) ले जानकारी दिएका छन् ।

अभियानमार्फत १ करोड रुपैयाँ संकलन गर्ने संस्थाको लक्ष्य छ । उक्त रकममध्ये ४० लाख रुपैयाँ शववाहन गरिद गर्न खर्च गरिने र ६० लाख रुपैयाँ शववाहन सञ्चालनका लागि कोषको स्थापना गरिनेछ ।

Advertisement

पोखरा ३० शिशुवा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र ओझाले १ लाख ११ हजार ८ सय ८८, आर्थिक उपसमितिका संयोजक उपेन्द्र सुवेदी (राजु) ले आफ्ना माता पिताको नाममा १ लाख १ हजार ७ सय ६६, सचिव रामराज अधिकारीले ५१ हजार १ सय ११, मेग कन्सट्रक्सनको तर्फबाट सञ्चालक प्रेमबहादुर थापाले ५५ हजार ५ रुपैयाँ र अन्य विभिन्न समाजसेवी, संघ संस्थाका प्रतिनिधि र सर्वसाधारणहरुले गरी ७ लाख रुपैयाँ संकलन भएको हो ।

कार्यक्रममा वडा नम्बर ३० का वडा सदस्य सोमलाल कँडेल, नेकपा वडा नं. ३० का अध्यक्ष कृष्ण अधिकारी, नेपाली कांग्रेस वडा नम्बर ३० का सभापति निरलाल तज्या, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, लायन्स एडभाइजर बिनोद ढुंगाना लगायतले संस्थाको कार्यको सह्राना गर्दै संघ संस्था, एवं सहयोगीहातलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया