गण्डकीमा थपिए १९१ संक्रमित, कास्कीका १२५ जना

समाधान संवाददाता २०७७ कार्तिक २२ गते १५:३९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप १ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ७ जिल्लाका १ सय ९१ जनामा पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कास्कीका १ सय २५, गोरखाका ३०, लमजुङका १०, बागलुङका ८, स्याङ्जाका ३ र पर्वतका २ जनामा पोजेटिभ देखिएको हो । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ८९ सय ३० पुगेको छ । तीमध्ये ४८ सय ३५ जना निको भएका छन् ।

Advertisement

संक्रमितमध्ये १ सय जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा कास्कीका ४१, नवलपुरका १८, तनहुँका १४, गोरखाका ८, बागलुङका ८, स्याङ्जाका ७, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।

Advertisement

तपाईको प्रतिक्रिया