जगत पोखरेल इपान गण्डकी संयोजक
समाधान संवाददाता
२०७७ कार्तिक २२ गते २१:१४

पोखरा
स्वतन्त्र ऊर्जा उत्पादकहरुको छाता संस्था (इपान) गण्डकी प्रदेश संयोजकको जिम्मेवारी जगत पोखरेलले पाएका छन् । ऊर्जासहित थुप्रै व्यवसायमा संलग्न पोखरेल इपान केन्द्रीय सदस्य हुन् ।
संस्थाका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको बैठकले पोखरेललाई यो जिम्मेवारी दिएको हो । संस्थाका अध्यक्ष आचार्य पनि पोखराकै हुन् ।
नवनियुक्त संयोजक पोखरेल भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष हुन् ।
भिजन लुम्बिनीले कास्कीका कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दीखोलामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना बनाइरहेको छ ।
जिम्मेवारी पाएपछि प्रतिक्रिया दिँदै पोखरेलले जलविद्युतको हब गण्डकी प्रदेशमा ऊर्जा विकासका लागि सक्दो योगदान दिने प्रतिबद्धता जनाए ।
सम्बन्धित








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया