जगत पोखरेल इपान गण्डकी संयोजक

समाधान संवाददाता २०७७ कार्तिक २२ गते २१:१४

पोखरा

Advertisement

स्वतन्त्र ऊर्जा उत्पादकहरुको छाता संस्था (इपान) गण्डकी प्रदेश संयोजकको जिम्मेवारी जगत पोखरेलले पाएका छन् । ऊर्जासहित थुप्रै व्यवसायमा संलग्न पोखरेल इपान केन्द्रीय सदस्य हुन् ।

संस्थाका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको बैठकले पोखरेललाई यो जिम्मेवारी दिएको हो । संस्थाका अध्यक्ष आचार्य पनि पोखराकै हुन् ।

नवनियुक्त संयोजक पोखरेल भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष हुन् ।

भिजन लुम्बिनीले कास्कीका कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दीखोलामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना बनाइरहेको छ ।

Advertisement

जिम्मेवारी पाएपछि प्रतिक्रिया दिँदै पोखरेलले जलविद्युतको हब गण्डकी प्रदेशमा ऊर्जा विकासका लागि सक्दो योगदान दिने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया