पोखरा २२ मा कृषि उपज केन्द्र

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिका वडा नम्बर २२ लुकुमश्वाँरामा कृषि उपज संकलन तथा विक्री केन्द्र स्थापना गरिएको छ ।
कृषिका लागि पकेट क्षेत्र पुम्दीभुम्दीको लुकुमश्वारामा महानगरपालिकाको १० लाखको सहयोगमा केन्द्र स्थापना गरिएको हो ।
केन्द्र स्थापना भएपछि किसानले कृषिउपजहरु डोकामा बोकेर पोखराको बजार डुलाएर बिक्री गर्ने अवस्थाको अन्त्य भएको छ ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले शुक्रबार केन्द्रको उद्घाटन गर्दै किसानका उत्पादन संक्रलन गरेर बजारीकरणको जिम्मा महानगरले लिने बताए ।
‘कृषिउपज बजार पु¥याउनमहानगरले गाडीको भाडा व्यवस्था गर्छ, ‘मेयर जिसीले भने, ‘केन्द्रको व्यवस्थापनको जिम्मा किसान आफैले गर्नुस् । पहिलो चरणमा त्यसको ढुवानीको खर्चको व्यवस्था महानगरले गर्छ ।’ उनले यहाँ उत्पादीत तरकारी प्याकेजिङ गरेर ब्राण्डीङ गर्ने काममा सहयोग समेत गर्ने बताए ।
किसानले प्रतिफल पाउनु पर्ने र उपभोक्ताले पनि सस्तोमा तरकारी पाउने अवस्था सिर्जना गर्न महानगर तयार रहेको दावी गर्दै मेयर जिसीले किसानको खेतबारीका कृषि उत्पादन खेर जाने बाहिरको तरकारी आयात गर्ने अवस्थाको अन्त्य गर्न महानगरले पहल गर्ने धारणा राखे ।
पोखरा महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष मित्रलाल बरालले वडामा उत्पादन भएका सामाग्रीले बजार र मुल्य दुबै पाउने बताए । पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले किसानले उत्पादन गर्ने बस्तु सोझै उपभोक्ताले खरिद गर्ने गरी महानगरले किसानबजार सञ्चालनमा ल्याएको जानकारी दिए ।
उनले केन्द्रमा किसानले ल्याउने बस्तुहरु कुहिन र बिग्रिन नदिन कोलस्टोरको समेत व्यवस्था गर्ने बताए । नेपाली काँग्रेसका नेता खेमराज पौडेलले संकलन गर्ने कुराभन्दा बजारमा बिक्री गर्ने विषयमा ध्यान दिनुपर्ने सुझाव दिए ।
कृषि सञ्जाल पोखरा २२ का अध्यक्ष खेमराज बरालले किसानले उत्पादन गरेका सामाग्री बिक्री गर्न केन्द्र स्थापनाले सहज हुने बताए ।
पोखरी कृषि उपज संकलन केन्द्र तथा बिक्री केन्द्र सञ्चालक समितिका अध्यक्ष अग्निमाया बराल, किसान कर्णबहादुर विकले बोलेका थिए ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया