कलाकार कल्याणकारी कोषका पदाधिकारी सम्मानित

समाधान संवाददाता, पोखरा
राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समिति र प्रतिष्ठान जिल्ला कार्यसमिति कास्कीले नेपाल कलाकार कल्याणकारी कोषका नवनिर्वाचत पदाधिकारी तथा सदस्यहरुलाई शनिबार सम्मान गरेको छ ।
कार्यक्रममा राष्टिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष तथा कल्याणकारी कोषका सदस्य सचिव रमेश बिजी, कोषाध्यक्ष पुरुषोत्तम थापा, सदस्यहरु अम्बरबिरही गुरुङ, दुर्गा रायमाझी, चन्द्र शर्मा, बद्री पंगेनी, इन्द्र जिसी, तेजबहादुर केसी, बद्री पराजुली र हरि न्यौपानेलाई बधाई ज्ञापन सहितसम्मान गरिएको प्रतिष्ठानका गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए ।
प्रतिष्ठानले कलाकार कल्याणकारी कोषका अध्यक्ष प्रजापति पराजुली, उपाध्यक्ष पुरुषोत्तम न्यौपाने र केन्द्रीय सदस्य पार्वती जिसीलाई यसभन्दा अगाडी सम्मान गरी सकेको छ ।
कार्यक्रममा प्रतिष्ठान केन्द्रीय समितिका तृतिय उपाध्यक्ष दिपक खडका, केन्द्रीय सदस्य पीएन सापकोटा, प्रतिष्ठान गण्डकी प्रदेशका सल्लाहकार तथातमुधीं नेपालका सहसचिव मेनकाजी गुरुङलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, प्रतिष्ठानका सस्थापक अध्यक्ष अम्बरबिरही गुरुङ, प्रतिष्ठान गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङ, प्रदेश महिला सचिव मञ्जु विक, प्रतिष्ठान कास्कीका अध्यक्ष टेक क्षेत्रीले बोलेका थिए ।








पर्यटन प्रवद्र्धनसँगै पोखरा महोत्सवको प्रचार सुरु
निर्वाचन आयोगको प्रतिवेदन पेस
टेवानमा सचेतना
हचुवामा संरचना, करोड खर्चेपछि खारेज
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया