गण्डकीमा सुरु भयो नमस्कार अभियान, १ महिनासम्म प्रहरीले चालकलाई गर्ने छन् नमस्कार

समाधान संवाददाता २०७७ कार्तिक २३ गते १३:४९

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले चालकसँग १ मिनेट कार्यक्रम सुरुवात गरेको छ ।

सम्भावित सवारी दुर्घटना रोक्नका लागि प्रदेशका सडकमा गुड्ने गाडीका चालकसँग ट्राफिक प्रहरीले १ मिनेट दैनिक कार्यक्रमको सुरुवात गरेको हो ।

Advertisement

राजमार्ग तथा शहरी क्षेत्रमा संचालन हुने गाडीका चालकलाई ११ बजेपछि १ मिनेट रोकेर ट्राफिकले नमस्कार गर्ने छन् ।

चालकलाई कोरोना भाइरसबाट बच्न सामाजिक दुरी कायम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, सिट बेल्ट, हेल्मेटको प्रयोग गर्न सचेतना दिनेछन् ।

Advertisement

प्रदेशभित्रका ११ वटै जिल्ला ट्राफिक कार्यालय र ५३ अस्थाई ट्राफिक पोष्टहरुले १ महिनासम्म कार्यक्रम सञ्चालन गर्नेछन् ।

तीव्र गतिमा सवारी चलाएको खण्डमा लेजर गनबाट ति नापेर चालकलाई कार्वाही समेत गरिनेछ ।

गण्डकी प्रदेश ट्राफिक कार्यालयका निमित्त प्रमुख मनोज कुमार शाहीले सुरक्षित भएर सवारी साधन सञ्चालन गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया