गण्डकीमा सुरु भयो नमस्कार अभियान, १ महिनासम्म प्रहरीले चालकलाई गर्ने छन् नमस्कार

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयले चालकसँग १ मिनेट कार्यक्रम सुरुवात गरेको छ ।
सम्भावित सवारी दुर्घटना रोक्नका लागि प्रदेशका सडकमा गुड्ने गाडीका चालकसँग ट्राफिक प्रहरीले १ मिनेट दैनिक कार्यक्रमको सुरुवात गरेको हो ।
राजमार्ग तथा शहरी क्षेत्रमा संचालन हुने गाडीका चालकलाई ११ बजेपछि १ मिनेट रोकेर ट्राफिकले नमस्कार गर्ने छन् ।
चालकलाई कोरोना भाइरसबाट बच्न सामाजिक दुरी कायम गर्न, अनिवार्य मास्कको प्रयोग गर्न, सिट बेल्ट, हेल्मेटको प्रयोग गर्न सचेतना दिनेछन् ।
प्रदेशभित्रका ११ वटै जिल्ला ट्राफिक कार्यालय र ५३ अस्थाई ट्राफिक पोष्टहरुले १ महिनासम्म कार्यक्रम सञ्चालन गर्नेछन् ।
तीव्र गतिमा सवारी चलाएको खण्डमा लेजर गनबाट ति नापेर चालकलाई कार्वाही समेत गरिनेछ ।
गण्डकी प्रदेश ट्राफिक कार्यालयका निमित्त प्रमुख मनोज कुमार शाहीले सुरक्षित भएर सवारी साधन सञ्चालन गर्न आग्रह गरेका छन् ।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया