गण्डकीमा आज १४० जनालाई कोरोना, ४ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ कार्तिक २३ गते २०:१०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा आइतबार १ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार ९ जिल्लाका १ सय ४० जनामा पोजेटिभ देखिएको हो ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै नवलपुरका ५८ जना रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । आइतबार कास्कीमा ४२, लमजुङमा १२, पर्वतमा ८, स्याङ्जामा ७, मुस्ताङ र म्याग्दीमा ४/४, तनहुँमा ३ र गोरखामा २ संक्रमित थपिएका हुन् ।

Advertisement

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ९ हजार १ सय ५८ पुगेको छ । संक्रमितमध्ये ४८ सय ५२ जना निको भएका छन् ।

४ संक्रमितको मृत्यु

Advertisement

गण्डकी प्रदेशमा आइतबार ४ कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ३ र स्याङ्जाका १ संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३ पुरुष र १ महिला छन् । कास्कीका मृतक पोखरा महानगरपालिका ८ का ६७ वर्षे वृद्ध, पोखरा ९ का ७५ वर्षे वृद्धा र पोखरा १३ का ९२ वर्षे वृद्ध हुन् भने स्याङ्जाका मृतक गल्याङ नगरपालिका ७ का ५० वर्षे पुरुषको मृत्यु भएको हो ।

पोखरा १३ का संक्रमितको होम आइसोलेन, पोखरा ८ र ९ का संक्रमितको गण्डकी मेडिकल कलेजमा ज्यान गएको हो । गल्याङका पुरुषको लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको छ । मृत्यु हुनेमा कास्कीका ४५, नवलपुरका १९, तनहुँका १४, गोरखाका ८, स्याङ्जाका ९, बागलुङका ८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।

फाइल तस्बिर

तपाईको प्रतिक्रिया