विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव

समाधान संवाददाता २०७७ कार्तिक २४ गते १४:०३
sf7df8f}F, !@ c;f]h M /fli6«o ;dfrf/ ;ldlt -/f;;_;Fu g]kfnsf] pmhf{ If]q / O{lGhlgol/ªsf ljifodf s'/fsfgL ub}{ g]kfn ljB't k|flws/0fsf pksfo{sf/L lgb]{zs Pjd PgO{P O{lGhlgol/ª sDkgL ln=sf k|aGw lgb]{zs lxt]Gb|b]j zfSo . t:jL/ M /Tg >]i7, /f;; .

काठमाडौँ

ऊर्जा मन्त्रालयले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको छ ।

मन्त्रालयले शाक्यलाई अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै निमित्त प्रमुख तोकेको हो । उनले सोमबार नै पदबाहाली गरेका छन् ।

Advertisement

मन्त्रालयले प्राधिकरणमा रहेका सिनियर उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई यसअघि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।

४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २९ गते नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बाहिरिएपछि प्राधिकरण निमित्तको भरमा चल्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया