‘संघीय लोकतान्त्रिक गणतन्त्र’ नलेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन

काठमाडौं
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ को सट्टामा नेपाल मात्र लेख्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको सोमबार बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिने निर्णय गरेको समिति सदस्य देवेन्द्रराज कँडेलले जानकारी दिए ।
कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयपछि नेपाल मात्र लेख्न परिपत्र गरेको विषयमा आज समितिले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग छलफल गरेको हो ।
सो क्रममा ज्ञवालीले देशको नाममा कुनै विशेषण जोड्न जरुरी नभएको भन्दै मन्त्रिपरिषद्को निर्णयको बचाऊ गरेका थिए ।
त्यस्तै, नेकपाका सांसदहरु विजय सुब्बा र नवराज सिलवालले पनि सरकारको निर्णयमा आफ्नो सहमति रहेको भन्दै कुनै निर्देशन दिन नपर्ने धारणा राखेका थिए ।
विभिन्न कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतहरुमा समेत नेपालको औपचारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ र अंग्रेजीमा ‘फेडेरल डेमाक्रेटिक रिपब्लिक अफ नेपाल’ लेख्ने गरिएको थियो ।
नाममा एकरुपता ल्याउन भन्दै असोज ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले औपचापिरक रुपमा नेपाल मात्र लेख्ने निर्णय गरेपछि कानुन मन्त्रालयले असोज २८ गते सोहीअनुसार परिपत्र गरेको थियो ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया