पोखराका निजी अस्पतालमा उपचाररत ४ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ कार्तिक २४ गते १६:३५

समाधान संवाददाता, पोखरा

पोखरामा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । २ पुरुष र २ महिला संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मृत्यु हुनेमा पोखराकी ८२ वर्षीया वृद्धा छन् । उनको वडा खुलाइएको छैन । उनमा कात्तिक २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि मनिपाल अस्पताल लगिएको थियो । ती वृद्धाको आइतबार साँझ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Advertisement

कात्तिक २३ गते कोरोना संक्रमण पुष्टि भएकी पोखरा १७ की ७४ वर्षीया वृद्धाको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । पोखरा १० का ८६ वर्षीय कोरोना संक्रमित वृद्धको गए राति फिस्टेल अस्पतालमा निधन भएको हो । उनमा कात्तिक १९ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा ११ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान सवा १० बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो । उनीमा कात्तिक १६ गते संक्रमण पुष्टि भएको थियो ।

Advertisement

गण्डकी प्रदेशमा यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ११ पुगेको छ । कास्कीका ४९, नवलपुरका १९, तनहुँका १४, गोरखाका ८, स्याङ्जाका ९, बागलुङका ८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।

फाइल तस्बिर

तपाईको प्रतिक्रिया