पुतलीबजारका प्रमुख प्रशासकीय अधिकृत ढकालकाे निधन

पाेखरा
पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाेलराज ढकालकाे निधन भएकाे छ ।
रक्त क्यान्सरकाे उपचार गराइरहेका उनी ५१ वर्षका थिए । पाेखरामा पिसिआर गराएर रिपाेर्ट नेगेटिभ आएपछि काठमाडाैं लगिएका उनकाे साेमबार मृत्यु भएकाे हाे ।
प्रमुख प्रशासकीय अधिकृत ढकालकाे निधनमा पुतलीबजार नगरपालिकाले शाेक विज्ञप्ति जारी गरी नगरपालिका र नेपालकाे निजामती क्षेत्रले एक कुशल र उच्च प्रशासनिक क्षमता भएकाे व्यक्ति गुमाउनु परेकाे उल्लेख गरेकाे छ ।
मेयर सीमाकुमारी क्षेत्रीले प्रमुख प्रशासकीय अधिकृत ढकालकाे निधनमा मंगलबार एक दिन नगरपालिका कार्यालयमा बिदा राखिएकाे बताइन् ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम बरालले विज्ञप्ति निकालेर मंगलबार नगरपालिका र मातहतका सबै कार्यालय बन्द रहने जनाएका छन् । विद्यालयहरुमा जारी परीक्षा भने बन्द नहुने विज्ञप्तिमा उल्लेख छ ।
ढकालकाे शव पाेखरा ल्याएर मंगलबार बिहान पाेखराकाे शान्तिघाटमा दाहसंस्कार गरिएकाे छ ।










राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया