मालेपाटनकाे आइसाेलेसनबाट भागे संक्रमित

अनिष भट्टराई, पाेखरा
पाेखराकाे मालेपाटनस्थित आइसाेलेसनबाट साेमबार राति एकजना काेराेना संक्रमित भागेका छन् ।
अपडेट – आइसोलेसनबाट भागेका संक्रमित २ दिनसम्म भेटिएनन्, घरमा कुर्दै प्रहरी
साँझ ७ बजे बेलुकाकाे खाना आएपछि एकछिन माथिकाे तलामा गएर साथीसँग कुरा गर्छु भनेका ती संक्रमित छतबाट हामफालेर भागेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसी सुवास हमालले बताए ।
बुटवल घर भई पाेखरा बस्दै आएका ३५ वर्षे ती संक्रमितलाई कात्तिक १५ गते पाेखरा महानगरपालिकाले सञ्चालन गरेकाे मालेपाटनकाे आइसाेलेसनमा राखिएकाे थियाे । उनी मासु व्यवसायी हुन् ।
दसैंका बेला ल्याएकाे च्यांग्राकाे रकम भुक्तानी नगरेकाे आराेपमा उनीमाथि जिल्ला अदालतमा मुद्दा दायर भएकाे थियाे । उक्त मुद्दामा अदालतले मागेकाे धराैटी बुझाउन नसकेपछि उनी जेल चलान भएका थिए ।
आइसाेलेसमा आएपछि पत्नीले धराैटी रकम अदालतमा बुझाएर रिहाइकाे पत्र हात परिसकेकाे भए पनि उनी किन भागे थाहा हुन सकेकाे छैन ।
प्रहरीले उनकाे खाेजी गरिरहेकाे छ ।
मालेपाटनकाे आइसाेलेसनमा ५० जना संक्रमित बस्दै आएका छन् ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया