तनहुँमा लागुऔषध बोकेर हिँडिरहेका ३ युवक पक्राउ

समाधान संवाददाता २०७७ कार्तिक २५ गते १२:०९
dav

समाधान संवाददाता, पोखरा

तनहुँबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बेलचौताराको टोलीले ३ थरी गरेर २ सय ८६ एम्पुल लागुऔषधसहित ३ युवकलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

पक्राउ पर्नेमा व्यास नगरपालिका ४ का २१ वर्षे सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका ५ का ३० वर्षे मनोज क्षेत्री र गोरखाको आरुपोखरीथोक घर भई तनहुँको शुक्लागण्डकी २ हलेदी बस्ने ३० वर्षे रवि गुरुङ छन् ।

Advertisement

उनीहरुको साथबाट प्रहरीले डाइजापाम १ सय ४ एम्पुल, नुर्फिन ८९ एम्पुल र फेनरागन ९३ एम्पुल बरामद भएको प्रदेश प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिका ४ कोत्रेमा हिँडिरहेका बेला उनीहरु माथि शंका लागेपछि प्रहरीले चेकजाँच गरेको थियो । पक्राउ परेका सबैलाई लागुऔषध अन्तर्गत मुद्धा दर्ता गरेर अनुसन्धान भइरहेको डिएसपी रेग्मीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया