सुनको मूल्य आज ३४ सय घट्यो
समाधान संवाददाता
२०७७ कार्तिक २५ गते १२:४९
काठमाडौं
नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा सोमबारको तुलनामा ३४ सय रुपैयाँ घटेको हो ।
सोमबार छापावाल सुन तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार घटेर तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार चाँदी तोलामा १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य १२ सय ८५ रुपैयाँ थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया