तिहारमा बैंक ३ दिन बन्द हुने

समाधान संवाददाता २०७७ कार्तिक २५ गते १३:०३

काठमाडौं

बैंक तथा वित्तिय संस्थाहरू कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बन्द हुने भएका छन्।

नेपाल बैंकर्स संघका अनुसार तिहार बिदा हुने भएकोले ३ दिन बैंकका सम्पूर्ण शाखाहरू बन्द हुनेछन्।

Advertisement

मोबाइल तथा इन्टरनेट बैकिङ, एटिएम सेवा भने नियमित रूपमा संचालन हुने संघले जनाएको छ।

संघले कोरोना भाइरस सक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकत्तम प्रयोग गर्न समेत आग्रह गरेको छ।

Advertisement

बैंकर्स संघले २७ वाणिज्य बैंकका ६ हजारभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण भइसकेको पनि जनाएको छ।

तपाईको प्रतिक्रिया