उद्योगपति कर्मचार्य दम्पतिलाई कोरोना
समाधान संवाददाता
२०७७ कार्तिक २५ गते १८:४१

समाधान संवाददाता
पोखराका प्रतिष्ठित व्यवसायी उद्योगपति चन्द्रकृष्ण कर्मचार्य र उनकी श्रीमती कोरोना भाइरस संक्रमित भएका छन् । ्
उद्योगपति कर्मचार्यले आफैले सामाजिक सञ्जालमा सो कुरा लेखेका छन् । सोमबार पिसिआर टेष्ट गर्न स्वाब दिएको जानकारी दिदैं उनले मंगलबार दुवै जनाको रिपोर्ट पोजिटिभ आएको बताएका छन् ।
१० दिन अघि सामान्य रुघा लागेको भएपनि अहिले कुनै पनि लक्षण नभएको र आफुहरु दुवै जना होम आइसोलेशनमा रहेको जानकारी पनि कर्मचार्यले दिएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया