गण्डकीमा आज थपिए १६६ संक्रमित, १ मृत्यु पुष्टि

समाधान संवाददाता २०७७ कार्तिक २५ गते २१:४४

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा मंगलबार १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ७ जिल्लामा १ सय ६६ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थपिनेमा सबैभन्दा धेरै कास्कीका ९८ जना छन् । गोरखामा २१, पर्वतमा १३, तनहुँमा १२, स्याङ्जामा ११, बागलुङमा ७ र म्याग्दीमा ४ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

गण्डकीमा योसँगै कुल कोरोना संक्रमितको संख्या ९ हजार ५ सय २९ पुगेको छ । तीमध्ये ४९ सय ६५ जना निको भएका छन् ।

१ मृत्यु पुष्टि

Advertisement

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १२ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले ५ दिन पहिला मृत्यु भएका तनहुँका १ पुरुषको मंगलबार मृत्यु पुष्टि गरेसँगै मृतक संख्या १ सय १२ पुगेको हो ।

तनहुँ भीमाद नगरपालिका ९ का ६३ वर्षीय पुरुषको २० कात्तिकमा मृत्यु भएको थियो । चितवन मेडिकल कलेजमा उपचार गराएर १९ कात्तिकमा घर फर्किएका ती पुरुषको भोलिपल्ट घरमै मृत्यु भएको थियो ।

उनमा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । मृतक पुरुषमा निमोनिया र उच्च रक्तचापको समस्या थियो ।

तपाईको प्रतिक्रिया