गण्डकीमा आज १८२ जनामा कोरोना, १ संक्रमितको मृत्यु

समाधान संवाददाता २०७७ कार्तिक २६ गते २१:२८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा बुधबार १ सय ८२ कोरोना संक्रमित थपिएका छन् । प्रदेशका ७ जिल्लामा १ सय ८२ संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमा कास्कीका १ सय ४५ जना छन् । बागलुङमा २०, तनहुँमा ७, पर्वत, नवलपुर र स्याङ्जामा ३/३ र लमजुङमा १ संक्रमित थपिएको निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

गण्डकीमा योसँगै कुल कोरोना संक्रमितको संख्या ९ हजार ७ सय ३ पुगेको छ । तीमध्ये ४९ सय ७० जना निको भएका छन् ।

गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको निधन भएको छ । कास्कीको रुपा गाउँपालिका ५ का ७२ वर्षीय पुरुषको बुधबार बिहान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको हो ।

Advertisement

२४ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया र मृगौलाको समस्या थियो ।

योसहित गण्डकीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १३ पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ५०, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका ९, गोरखाका ८, बागलुङका ८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।

तपाईको प्रतिक्रिया