पूर्वमन्त्री भीमप्रासद गाैतमकाे निधन
समाधान संवाददाता
२०७७ कार्तिक २७ गते ७:४१

पोखरा
पूर्वमन्त्री भीमप्रसाद गौतमको बुधबार राति निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका १ पिल्लस्थित आफ्नै घरमा राति साढे २ बजेतिर निधन भएको हो ।
न्युमोनियाबाट ग्रसित उनमा पछिल्लो समय कोरोनासमेत पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ ।
संविधानसभा सदस्य गौतम पूर्व भूमिसुधार मन्त्री हुन् ।
लामो समय कम्युनिस्ट आन्दोलनमा लागेका उनी पछिल्लो समय भने जनता समाजवादी पार्टीमा आबद्ध थिए ।
गौतम उक्त पार्टीको केन्द्रीय सल्लाहकार समिति अध्यक्ष हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया