टुकी र सोलारमा निर्भर म्याग्दीका ३ बस्तीमा बिजुली

म्याग्दी
रघुगंगा गाउँपालिका ६ का ३ बस्तीमा बिजुली पुगेको छ । नेपाल विद्युत् प्राधिकरण, गाउँपालिका र स्थानीयवासीको साझेदारीमा रायखोर, उल्लेरी र मूलपानीका ९१ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत पुर्याइएको हो ।
यी बस्ती भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्छन् ।
रायखोरका बासिन्दासमेत रहेका वडा सदस्य लीलबहादुर पुनले विद्युत् सुविधा भएपछि उज्यालोका लागि टुकी र सोलार बाल्नुपर्ने बाध्यता हटेकामा स्थानीयमा खुशीयाली छाएको सुनाए।
उज्यालोका साथै उद्योग व्यवसाय सञ्चालन गर्न, मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको छ । विद्युत् सुविधा भएपछि ग्रामीण जीवनशैली सुधारमा सहयोग पुगेको छ ।
छरिएको र सडक सुविधा नभएको तीन बस्तीका बासिन्दा बिजुली बलेर गाउँ झिलीमिली भएपछि खुशी भएका छन् ।
यसअघि त्यहाँका बासिन्दा उज्यालोका लागि मट्टीतेलको टुकी र सोलारमा निर्भर थिए । लघुजलविद्युत्को सुविधा थिएन ।
बिजुली बाल्न स्थानीयवासीले काँधमा बोकेर पोल ढुवानी गरेका थिए । गाउँपालिकाले कात्तिक पहिलो हप्ता बेनीबाट ७५५ किलोग्राम तौल भएका दुईवटा १०० केभिए क्षमताको ट्रान्सफर्मर हेलिकोप्टरबाट रायखोर र मुलपानीमा ढुवानी गरेको थियो ।
सिम्रिक एयरको हेलिकोप्टरमा झुण्ड्याएर दुईवटा ट्रान्सफर्मर ढुवानी गर्दा रु दुई लाख ६१ हजार ७०० खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।
नेपाल विद्युत् प्राधिकरणले पाखापानीको कोटगाउँबाट रायखोर उल्लेरी हुँदै मुलपानीसम्म केन्द्रीय प्रसारण लाइनको पोल गाडेर तार तानेको थियो ।
यसअघि कात्तिक दोस्रो हप्ता रघुगङ्गा–६ मै पर्ने घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, पुतपुत र कालावाङका ५० घरमा विद्युतीकरण गरेर बिजुली बालिएको वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । उनका अनुसार सोही वडाको ठाडाखानीमा पनि केन्द्रीय लाइन विस्तारको काम भइरहेको छ । रासस









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया