मादीका गाउँगाउँ जोड्न रिङरोड, ३० लाख विनियोजन

समाधान संवाददाता २०७७ कार्तिक २७ गते १८:०१

समाधान संवाददाता, पोखरा

मादी गाउँपालिकाले प्र्रस्तावित रिङरोडको ट्रयाक खोल्न ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

कार्यपालिकाको ५६ औं बैठकले पालिकाको गौरवको आयोजना याङ्जाकोटदेखि तोगी,वार्चोक, भाचोक सुन्दरबेसी, नागिधार, पोसी हुुँदै पक्र्युंसम्मको सडकका लागि पालिकाको मर्मत सम्भार कोषबाट १० लाख थप निर्णय गरेको अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए ।

Advertisement

पालिकाको आर्थिक वर्ष २०७७/०७८को बजेटमा सडकको बाँकी ट्र्याक खोल्न २० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

पालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का अध्यक्ष लालबहादुर गुरुङले बजेट वक्तव्यले पूर्वाधार क्षेत्रमा बजेट बढाउने अख्तियारी दिएकाले कार्यपालिकाको बैठकले पालिकाको कोषबाट १० लाख थप गर्ने निर्णय गरेको जानकारी दिए ।

Advertisement

‘गत आर्थिक वर्षदेखि सुरु योजना सम्पन्न नभएकाले चालु आर्थिक वर्षका लागि पालिकाले २० लाख बजेट विनियोजित गरेको थियो,‘ प्रवक्ता गुरुङले भने, ‘कार्यपालिकाको बैठकले फेरिमर्मत सम्भार कोषबाट थप १० लाख थप गरी ३० लाखले निर्माण कार्यअघि बढाउने निर्णय गरेको छ ।’

उनले पालिकाको पूर्वाधार क्षेत्रको बजेट १८ करोड ३ लाख ४८ हजार रहेको जानकारी दिए । पालिकाले स्थानीयस्तरका सडकको निर्माण, स्तरोन्नति, नयाँ ट्र्याक खोल्न, गोरेटो बाटो सुधारका लागि २ करोड १६ लाख २० हजार रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

बैठकले नयाँ ट्र्याक खन्नेपानीघाट मौजा, रुदी दोभान सिमार, राम्चे वडा कार्यलय, चित्रे छाचोक,याङजाकोट दरबार लगायत सडकहरुको इनिसियल इन्भारोमेन्टल एक्जामिनेसन(आइइई)गर्ने निर्णय गरेको छ ।

प्रवक्ता गुरुङले मादी १०को बुम्ले खोलामा निर्माण हुन लागेको कर्लभर्ट पुलका लागि पालिकाको साझेदारीकोषबाट ५ लाख थप गरी २५ लाखले कार्य सम्पन्न गराउने निर्णय गरेको जनाए ।

पालिकामा अध्यक्ष वेदबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले मादीनदीको ज्याम्दुघाटबाहेक अन्य घाटमा दोस्रोपटक बोलपत्र आह्वान गर्दासमेत कुनै फर्मको दर्खास्त नपरेकाले अन्तिम मिति मंसिर ३ गतेसम्म पनि टेन्डर नपरेकोमा पालिकाले स्वीकृत गरेको दररेट बमोजिम ढुंगा गिटी बालुवा निकासी गर्ने निर्णय गरेको छ ।

सबै वडाले गर्ने सार्वजनिक सुनुवाइ कार्यक्रम कोरोना कहरका कारण केही समयपछि अनुकुल समयमा गर्ने निर्णय गर्दै पालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम यस वर्ष सेवा प्रदायक संस्थामार्फत कार्यक्रमअघि बढाउने तयारी गरेको छ ।

बैठकले पालिकाको कोभिड अस्पताललाई थप व्यवस्थित गर्नेनिर्णय गरेको छ । पालिकाले कोरोना पोजेटिभलाई कोभिड अस्पतालमा र सम्भावित संक्रमितलाई होम तथा वडा क्वारेन्टाइनमा व्यवस्थापन गर्ने भएको छ ।

तपाईको प्रतिक्रिया