मानव बेचबीखनमा संलग्न ३ जना पोखराबाट पक्राउ

समाधान संवाददाता २०७७ कार्तिक २८ गते ७:५९

समाधान संवाददाता, पोखरा

वैदेशीक रोजगारीको लोभ देखाएर वेश्यावृत्तिमा लगाउन खोज्ने ३ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

वैदेशीक रोजगारीमा पठाइदिने र सबै प्रक्रिया आफै मिलाइदिने भन्दै २ महिलालाई विभिन्न जिल्लाबाट पोखरा ल्याएर वेश्यावृत्तिमा लगाउन खोज्ने २ पुरुष र १ महिलालाई पक्राउ गरिएको हो ।

Advertisement

प्रहरीले कास्कीको मादी गाउँपालिका खेलुङका २१ वर्षे जीवन नेपाली, काभ्रेको तामाघाटका २६ वर्षे आशिष भुजेल र पोखरा बगालेटोलकी ३० वर्षे अन्जु गुरुङलाई समातेको हो ।

नेपाली र भुजेललाई बुधबार र गुरुङलाई बिहीबार पक्राउ गरिएको हो । लेकसाइडमा राखेर शारीरिक तथा मानसिक यातना दिएको र रकम मोलमोलाइ गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले बताए ।

Advertisement

तीनै जनामाथि मानव बेचबीखन तथा ओसारपोसार कसुर अन्तर्गत ८ दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रवक्ता हमालले बताए । पीडित २ महिलालाई भने मनोपरामर्शपछि संरक्षण केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई आफन्तको जिम्मा लगाइने छ ।

तपाईको प्रतिक्रिया