वडाका गतिविधि पुस्तकमा
समाधान संवाददाता
२०७७ कार्तिक २८ गते ९:२१

समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिका – ५ ले प्रकाशन गरेको वडा दर्पण अंक २ को लोकार्पण गरिएको छ । वडा बाल मञ्च अध्यक्ष दिपीका भट्टराईले दर्पण लोकार्पण गरेकी हुन् ।
कार्यक्रममा वडाध्यक्ष अध्यक्ष धनबहादुर नेपालीले प्रकाशनलाई निरन्तर गरिने, भए गरेका कामहरुको लिखित दस्तावेजको रुपमा वडा दर्पण पुस्तक रहेको बताए ।
कार्यक्रममा समालोचक श्रीकान्त खतिवडाले प्रकाशनको काम सामान्य नभएको, नागरिकको सूचना पाउने अधिकारलाई प्रकाशनले समेटेको र आगामी दिनमा वडा दर्पण प्रकाशन निरन्तर रहने विश्वास व्यक्त गरे ।
२२ वटा लेखसहित विवरण रहेको पुस्तकमा आर्थिक वर्ष २०७४/०७५, २०७५/०७६, २०७६/०७७ मा सम्पन्न विकास योजनाको विवरणसमेत समावेश छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया