नेकपा सचिवालय बैठक आज ४ बजे बस्दै

काठमाडौं
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग समन्वय गरेर महासचिव विष्णु पौडेलले सचिवालय बैठक बोलाएका हुन्।
सचिवालय बैठक आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।
केही दिनअघि कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरुले बैठक बोलाउन प्रधानमन्त्री ओलीलाई लिखित आग्रह गरेका थिए। पत्रमा तोक लगाउँदै ओलीले महासचिव पौडेललाई विधानअनुसार गर्न भनेका थिए।
कार्यकारी अध्यक्ष प्रचण्डसहित सचिवालय सदस्यहरूको मंगलबार पार्टी कार्यालय धुम्बराहीमा बसेको अनौपचारिक बैठकले विहिबार सचिवालय बैठक बोलाउन सहमति जनाउन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको थियो।
पछिल्लो समय नेकपाभित्र देखिएको विवादबारे छलफल गर्न कार्यकारी अध्यक्ष प्रचण्डसहितका नेताहरूले सचिवालय बैठक बोलाउन माग गर्दै आइरहेका थिए।
तर, अर्का अध्यक्ष ओली भने बैठक बोलाउन नचाहेको उनीहरूको आरोप थियो।









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया