पश्चिमाञ्चलमा उपचाररत ६७ वर्षे संक्रमितको मृत्यु
समाधान संवाददाता
२०७७ कार्तिक २८ गते ११:१२

समाधान संवाददाता, पोखरा
पोखरामा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका १४ की ६७ वर्षे महिलाको आज बिहान २ बजे मृत्यु भएको हो ।
उनी २१ कात्तिकमा त्यहाँ भर्ना भएकी थिइन् ।
उनमा निमोनिया, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या थियो । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १ सय १५ पुगेको छ ।
कोरोनाबाट मृत्यु हुनेमा कास्कीका ५२, नवलपुरका १९, तनहुँका १५, स्याङ्जाका ९, गोरखाका ८, बागलुङका ८, म्याग्दीका २, पर्वत र लमजुङका १/१ जना छन् ।
गण्डकीमा संक्रमित संख्या १० हजार नजिक छ । हालसम्म ९ हजार ९ सय ३ जनामा कोरोना पुष्टि भएकोमा ५ हजार ९ सय ७९ जना निको भएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया